
१७ चैत, तनहुँ । उपचुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस तनहुँका जिल्ला सद्स्य केशवनाथ खनाल र कांग्रेसका आबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्थले पार्टी त्यागेका छन् ।
आँबु खैरेनीमा पत्रकार सम्मेलन गरी खनाल र पन्थले पार्टी त्यागेको घोषणा गरेका हुन् ।
उनीहरुले पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद हाबी भएको आरोप लगाएका छन् ।
पन्थ उपचुनावमा टिकटका आकांक्षी थिए । तर पार्टीले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट थिए ।
यसअघि नै भानु नगरपालिकाका पार्टी उपसभापति श्याम जिसीसहितका ७ जना नेताले कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए ।
नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले पनि तनहुँ १ मा उम्मेदवार बन्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4