
१७ चैत, काठमाडौं । जोस लिटिल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने आयरल्यान्डका पहिलो खेलाडी बनेका छन् ।
आजदेखि सुरु भएको आईपीएलको १६औं संस्करणमा लिटिलले साविक विजेता गुजरात टाइटन्सका लागि खेल्दै उक्त उपलब्धी हासिल गरेका हुन् ।
चेन्नाई सुपर किंग्स विरुद्ध पहिलो रोजाईमा खेल्दै लिटिलले इतिहास बनाएका हुन् ।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर पहिले बलिङ रोज्दै चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो ।
गुजरातले लिटिललाई पनि डेब्यु गरायो । लिटिलले आईपीएलको डेब्यु खेलमा विकेट पनि लिए ।
उनले चेन्नाईका अम्बाती राएडुलाई बोल्ड गर्दै आईपीएलमा आफ्नो पहिलो विकेट लिएका हुन् । २३ वर्षीय लेफ्ट आर्म फास्ट बलर लिटिललाई गुजरातले अक्सनमा ४ करोड ४० लाख भारुमा अनुबन्ध गरेको थियो ।
आईसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आईपीएलको अक्सनबाट गुजरातले लिटिललाई लिएको हो ।
लिटिलले आयरल्याण्डका लागि ५३ टी२० अन्तर्राष्ट्रिय खेलमा ६२ विकेट लिएका छन् ।
गत नोभेम्बरमा अष्ट्रेलियामा भएको टी-२० विश्वकपका लिटिलले न्युजिल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4