
Photo Credit : Chandragiri Hills Ltd
१८ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात भएको छ ।
हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन्।
यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो । यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।बाँकी पहाडी क्षेत्रमा पानी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4