+
+

पानीको संकट बढेपछि ट्युनिसियामा कोटा सिस्टम लागू

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १२:४१

१९ चैत, काठमाडौं । ट्युनिसियाले आगामी ६ महिनाका लागि पिउने पानीमा कोटा सिस्टम लागू गरेको छ । अब पिउनका लागि समेत नापी नापीकन पानी पाइनेछ । साथै खेतबारीमा पानीको प्रयोग गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

यो नियम त्यहाँ आगामी सेप्टेम्बर ३० सम्म लागू हुनेछ ।

ट्युनिसियाको कृषि मन्त्रालयका अधिकारी हमादी हबिबका अनुसार ट्युनिसियामा पछिल्लो समयमा पानी संकट बढेका कारण पिउने पानीमा समेत कोटा प्रणाली लागू गरिएको हो ।

सुख्खा खडेरीका कारण ट्युनिसियामा बाँधमा पानीको क्षमता १ सय करोड क्युबिक मिटरबाट घटेर केवल ३० प्रतिशत मात्रै बाँकी रहेको छ । गत वर्षको सेप्टेम्बर महिनादेखि ट्युनिसिया कडा खडेरीसँग जुधिरहेको छ ।

सुख्खा खडेरी र पानी अभावको अवस्थालाई मध्यनजर गर्दै ट्युनिसियाले खानेपानीको वितरण र प्रयोगमा कडा नियम अख्तियार गरेको हो ।

नयाँ नियम अनुसार अब पानीले गाडी धुन पाइनेछैन भने रुख विरुवामा पनि पानी हाल्न पाइने छैन । साथै बाटो तथा गल्ली र सार्वजनिक स्थानहरु समेत पानीले सफा गर्न पाइनेछैन । कसैले नियम उल्लंघन गरेमा जरिवाना तथा जेल सजाय समेत हुनेछ ।

ट्युुनिसियाको जल कानून अनुसार उल्लेखित नियम उल्लंघन गरेमा ६ दिनदेखि ६ महिनासम्मको जेल सजाय हुनसक्नेछ । त्यहाँ सरकारले रातको समयमा पानीको वितरणमा कटौती सुरु गरिसकेको छ । सरकारले पानीको वितरणमा कन्जुस्याइँ गरेसँगै आम मानिसमा आक्रोस बढेको छ ।

सरकारको निर्णयसँगै देशमा सामाजिक रुपमा समेत तनावको अवस्था सिर्जना भएको बताइएको छ । साथै यसले महंगी समेत तिव्र रुपमा बढेको छ । ट्युनिसियाको उत्तरी क्षेत्रमा रहेको सबैभन्दा धेरै पानीको आपूर्ति गर्ने सिदी सलेम बाँधको पानी केवल १६ प्रतिशत मात्रै बँचेको छ ।

ट्युनिसियाको किसान संघका अधिकारी मोहम्मद रजाइबियाका अनुसार पानीको अभावका कारण ट्युनिसियामा कृषि उत्पादनमा पनि उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष साढे ७ लाख खाद्यान्न उत्पादन भएकोमा यो वर्ष घटेर २ देखि अढाई लाख टनमा झरेको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?