+
+

ट्वीटरमा ट्रेन्डिङ भइरहेको बायकट सिक्स्टी मिनेट के हो?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १४:२९

काठमाडौं । ट्वीटरमा अहिले बायकट सिक्स्टी मिनेट  ह्यासट्याग अभियान ट्रेन्डिङमा छ। यसको सिधा सम्बन्ध सीबीएस न्युजको लोकप्रिय कार्यक्रम सिक्स्टी मिनेटसँग सम्बन्धित छ ।

रिपब्लिन पार्टीकी विवादास्पद नेतृलाई अन्तर्वार्ताका लागि आमन्त्रण गरिएपछि त्यस कार्यक्रम बहिष्कार गर्नुपर्ने भन्दै ट्वीटरमा अभियान चलाइएको हो। अप्रिल २ को कार्यक्रममा विवादास्पद नेतृ मेजोरी टेलर ग्रीनलाई आमन्त्रण गरिएपछि यसका विरूद्ध ट्वीटरमा अभियान चलेको हो।

कार्यक्रमको आधिकारिक ट्वीटर ह्याण्डलमा आइतबारको भागका लागि ग्रीन आउने भन्दै लेखिएको थियो- ‘रिपब्लिकनकी जर्जियाकी प्रतिनिधि मेजोरी टेल ग्रीन कडा प्रश्नको सामनाका लागि रत्तिभर पनि डराएकी छैनन्। आइतबार कार्यक्रम सिक्सटी मिनेटमा प्रस्तोता लेस्ली स्टअसँग उनी देखिनेछिन्,’ कार्यक्रमको ट्वीटमा उल्लेख थियो।

यो जानकारी आएसँगै प्रस्तोता र कार्यक्रमबारे धेरै ट्रोल आएका थिए भने कार्यक्रम बहिष्कारको अभियाननै चलेको हो। नेतृ ग्रीन हिंसा भड्काउने चरित्रको रहेकाले उनको कार्यक्रम बहिष्कार गर्नुपर्ने धेरैको मत छ।

राष्ट्रपतीय निर्वाचनको परिणाम अस्वीकार गर्दै समर्थकहरूलाई संसदमाथि आक्रमणका लागि भड्काउन उनको पनि भूमिका रहेको आरोप ग्रीनलाई छ। यस्तै, राज्यका विभिन्न संयन्त्रले ट्रम्पको गिरफ्तारीका लागि दर्ता गरेको मुद्दाको ग्रीनले विरोध गर्दै आएकी छिन् । ट्रम्पको  सशक्त बचाउमा पनि उनी उत्रिँदै आएकी छिन्।

हालसालै पनि एक पोर्नस्टार डेनिल्सलाई १ लाख ३० हजार डलर दिएर उनलाई नबोल्न दबाब दिएको भन्दै ट्रम्पविरूद्ध फौजदारी अभियोग लगाइएको छ। ग्रीनले यस अभियोको पनि कडा शब्दमा निन्दा गर्दै ट्रम्पको बचाउ गरेकी छिन्।

कार्यक्रमको बहिष्कार गर्नुपर्ने कारणबारे एक ट्वीटमा भनिएको छ- ‘के प्रस्तोता लेस्ली स्टअले प्रजातन्त्रको बचाउको सट्टा हिंसा भड्काउन खोजेकी हुन्?  हिंसाको वकालत गर्नेलाई कार्यक्रममा ल्याइनु गम्भीर छ। यसको एक मात्र विकल्प भनेको ब्यायकट सिक्सटी मिनेट नै हो।’

सिबिएस न्युजले सन् १९६८ देखि यो कार्य्रक्रम चलाउँदै आएको छ। निकै लोकप्रिय यो कार्यक्रम ग्रीनलाई गेस्टका रूपमा बोलाइएपछि विवादित बनेको हो। एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?