+
+

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मेलन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १३:५७

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मेलन २०२३ सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा २०२३ का लागि मनोनित एमडीआरटीहरुलाई सम्मान गरिएको थियो । साथै सीओटी गौरवकुमार शाही र टीओटी कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गरिएको थियो । टीओटी घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सम्मान हस्तान्तरण गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनीको २०८० सालको क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो । क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्वीरहरु समावेश गरिएको छ ।

आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला यस कार्यक्रमबाट मिलेको टीओटी शाहीको प्रतिक्रिया थियो ।

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?