+
+

भग म्यागजिनको कभर स्टार बनिन् १०६ वर्षीया वृद्धा 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १४:००

काठमाडौं । फेसनको बाइबल मानिने भग म्यागजिनले आफ्नो फिलिपिन्स संस्करणमा एपो-वाङ-ओड नामक एक १०६ वर्षीया ट्याटु कलाकारलाई कभर स्टारको रुपमा प्रस्तुत गरेको छ ।

यससँगै उनी विश्वप्रसिद्ध भग म्यागजिनमा मोडलको रुपमा देखापर्ने सबैभन्दा वयोवृद्ध व्यक्ति घोषित भएकी छन् । उनी वाङ-ओड-मारिया ओग्गे नामले पनि चिनिन्छिन् । बुबाको निर्देशनअनुसार उनले किशोरावस्थादेखि नै हातले ट्याप गर्ने ट्याटुको कलालाई उनी सिद्ध गरिरहेकी छन् ।

मनिलाबाट करिब १५ घण्टा उत्तरमा रहेको कलिंगा प्रान्तको बस्कलनको पहाडी गाउँमा बस्दै आएकी उनलाई देशको सबैभन्दा पुरानो माम्बाबाटोक वा परम्परागत कलिंगा ट्याटुस्ट मानिन्छ ।

एक पटक, वाङ-ओडले बाँसको लट्ठी, पोमेलो रूखको काँडा, पानी र कोइला प्रयोग गरेर हातले ट्याप गरिएको ट्याटुलाई स्थानीय आदिवासी योद्धाहरूले प्रयोगमा ल्याएका थिए । अब उनको हस्ताक्षरलाई ज्यामितीय डिजाइन खोज्ने अन्तर्राष्ट्रिय आगन्तुकहरूले पछ्याइरहेका छन् ।

‘आफ्नो पुस्ताको अन्तिम माम्बाबाटोकको रूपमा उनले कलिंगा जनजातिका प्रतीकहरू मानिने शक्ति, बहादुरी र सौन्दर्यलाई हजारौं मानिसको छालामा छापेकी छिन्, जसले बुस्कलनको तीर्थयात्रा गरेका छन्,’ भग फिलिपिन्सले एक पोस्टमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?