+
+

उपेन्द्र यादवविरुद्ध सीके राउत : भर्खरै पराजित व्यक्ति संसद जान खोज्नु जनमतको अपमान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १७:४३

१९ चैत, बारा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नु जनमतको अपमान हुने बताएका छन् ।

शनिबार बारा– २ मा आयोजित पार्टीको कार्यक्रममा उनले ४ मंसिरको चुनावमा पराजित व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्नु जनमतको अपमान हुने बताएका हुन् ।

‘भर्खरै पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानुहुँदैन, त्यसो गर्नु भनेको जनताले दिएको मतको अपमान हो’, डा. राउतले भने, ‘जनताले पनि यो बुझेका छन् । कुनैपनि हालतमा उहाँको यो षडयन्त्रलाई सफल हुन दिँदैनन् ।’

यसअघि जितेको ठाउँमा उपेन्द्रले आफ्नो साख जोगाउन नसकेको भन्दै उनले बारा– २ का जनताले बाहिरका मान्छेलाई नजिताउने दाबी गरे । ‘यो भन्दा अगाडि जहाँ जित्नुभएको थियो । त्यो ठाउँमा त साख जोगाउन सक्नुभएन, दोब्बर मतान्तरले पराजित भएर भाग्नुप¥यो’ डा. राउतले भने, ‘उहाँकै मेयर थियो । त्यहाँ (सप्तरी) मा केही चलेन भने यहाँ झन् चल्दैन । उहाँ बाहिरबाट आएको उम्मेदवार हुनुहुन्छ । यहाँको मान्छेले यहीको उम्मेदवार खोजेका छन् ।’

जनमत पार्टीका नेताको स्वच्छ छवि, सरकार र सदनमा देखाएको सक्रियता, यसअघि गरेको किसान आन्दोलनले गर्दा उपनिर्वाचनमा आफूहरुले जित्ने राउतको दाबी छ ।

‘जनताको बीचमा एजेण्डा लिएर जाँदैछौं । जनतालाई सम्झाउदैछौं । जनताले सीके राउतलाई हेरौं कस्तो छ भनेर खोजेका छन् । जनताको इच्छा पूरा गर्नु मेरो दायित्व हो । आवश्यकता अनुसार म निर्वाचन क्षेत्रमा रहन्छु । चुनाव जित्ने लगभग तय भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?