+
+

ग्लोबल आईएमई बैंकको हृयाप्पी आवर्स योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १७:५१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

बैंकले मोबाइल बैंकिङ एप्लिकेसन–ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् । १९ चैत २०७९ देखि १६ वैशाख २०८० सम्म सञ्चालन हुने यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ ।

यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ ।

क्र.सं. दिन समय प्रयोजन क्यासब्याक
आइतबार बेलुका ७-१० बजेसम्म मोबाइल डाटा प्याक खरिद २० प्रतिशतसम्म (अधिकतम रु. १००)
सोमबार बेलुका ७-१० बजेसम्म टिभीको बिल भुक्तानी २० प्रतिशतसम्म (अधिकतम रु. १००)
मंगलबार बेलुका ७-१० बजेसम्म इन्टरनेटको बिल भुक्तानी २० प्रतिशतसम्म(अधिकतम रु. १००)
बुधबार बेलुका ७-१० बजेसम्म हवाईजहाजको टिकट खरिद २० प्रतिशतसम्म(अधिकतम रु. २००)
शनिबार बिहान ७-७ बजेसम्म केबलकारको टिकट खरिद २० प्रतिशतसम्म (अधिकतम रु. २००)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?