+
+
Shares

जब फिल्म लेखक सारा पोलीलाई ओस्कार अवार्ड फिर्ता मागियो !

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १७:५१

काठमाडौं । क्यानडेली फिल्म निर्माता सारा पोलीले आफ्नो ११ वर्षको बच्चाले आफूमाथि गरेको ‘क्रूर’ अप्रिल फूलको मजाक सेयर गरेकी छन् । शनिबार बिहान आफूलाई आएको इमेल उध्दृत गर्दै उनले भनिन्, ‘हामी तपाईंलाई गहिरो पश्चातापका साथ यो भन्छौं, तपाईंले प्राप्त गर्नुभएको ओस्कार गल्तीले दिइयो ।’

पोलीले गत महिना अमेरिकाको लस एन्जलसमा भएको ९५ औं एकेडेमी अवार्डमा फिल्म ‘वुमन टकिङ’का लागि उत्कृष्ट रूपान्तरित पटकथा जितिन् । ट्विटरमा पोस्ट गरिएको पत्रले उनलाई क्यालिफोर्नियामा ‘मेल फिर्ता गर्नू’ भनिएको थियो । उनले उक्त अवार्डलाई घरमा एक साता अझै राख्न सक्ने बताइएको छ, जसले गर्दा उनले जितको महसुस गर्न सकुन् समेत इमेलमा भनिएको छ ।

‘तर यसलाई फिर्ता गर्न आवश्यक छ, ताकि ‘अल क्वाइट इन द वेस्टन फ्रन्ट’ फिल्म जुन सही विजेता हो, त्यसले प्राप्त गर्न सकोस्,’ इमेलमा भनिएको थियो, ‘तपाईंको हानिको लागि हामी क्षमाप्रार्थी छौं, तर यो मात्र उचित छ कि वास्तविक उत्कृष्ट रूपान्तरित पटकथाको पुरस्कार चाहिं ओस्कारले मात्र पाउँछ ।’

पोलीको बच्चाले ठट्टा गर्दै ओस्कारका मालिकहरूले अवार्ड दिने दिनमा आफ्नो गल्ती महसुस गरेको समेत भन्दै कटाक्ष गरे । उनले लेखेका थिए, ‘सन् २०१७ मा वास्तविक विजेता फिल्म मुनलाइट भएपनि ला ला ल्याण्डलाई पुरस्कार दिएको गल्तीको निर्णयलाई उनीहरु सच्याउन चाहन्थे ।’ १९९० को दशकमा दशकमा एक अभिनेत्रीको रूपमा प्रसिद्धि हासिल गरेकी पोलीले तुरुन्तै यो चिठी एकेडेमीले होइन, तर उनको बच्चाले अप्रिल फुल्स डे प्रयांकको रूपमा लेखेको थाहा पाइन् ।

साथै पत्रमा भनिएको थियो, ‘हामीलाई यो गलत छ जस्तो लाग्छ किनभने तपाईंले यो पत्र १ अप्रिलमा पाउनुभयो । किनकि तपाईंलाई यो मजाक हो जस्तो लाग्न सक्छ । त्यसैले यो मजाक होइन भनेर तपाईलाई अर्को पत्र पठाइनेछ । यो मजाक धेरै क्रूर छ, त्यसैले हामी तपाईंलाई पर्न सक्ने कुनै पनि असुविधाको लागि गहिरो माफी चाहन्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?