+
+

ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १९:०३

१९ चैत, काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक भूपति पाण्डे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता एवम् डीएसपी निरञ्जन भट्टले जानकारी दिए । मृतक ३८ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन् ।

सानेपाबाट कलंकीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका पाण्डेको वयोधा अस्पतालमा मृत्यु भएको भट्टले बताए । ट्रक चालक अर्जुन ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?