+
+

केन्द्रीय सदस्य त्यागेका दिनेश कोइरालाले कांग्रेस उम्मेदवारलाई मत मागे

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते ९:५०

२० चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्यागेर चितवन-३ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका दिनेश कोइरालाले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत मागेका छन् ।

आगामी १० गते हुने उपनिर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा वक्तव्य जारी गर्दै कोइरालाले तनहुँ-१ र चितवन-२ का कांग्रेस उम्मेदवारलाई मत मागेका हुन् ।

चितवन-२ मा कांग्रेसबाट जीतनारायण श्रेष्ठ र तनहुँ-१ मा गोविन्द भट्टराईले सत्ता गठबन्धनकातर्फबाट  उम्मेदवारी दिंदैछन् ।

गत निर्वाचनमा चितवन-३ बाट कांग्रेसबाट उम्मेदवार बन्न चाहेका कोइराला उक्त क्षेत्र माओवादीको भागमा परेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । गठबन्धनका उम्मेदवारविरुद्ध उठेपछि उनलाई कांग्रेसले कारबाही गरेको थियो ।

उपनिर्वाचनमा गर्ने सहयोग र भूमिकाका आधारमा मूल्यांकन गरेर पार्टीले चुनावपछि कारबाहीमा फिर्ता लिने वा नलिने निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?