+
+

वैज्ञानिकले बनाए दुनियाँकै हलुका पेन्ट, डेढ किलोले पूरै विमान पोत्न सकिने

एजेन्सी एजेन्सी
२०७९ चैत २० गते १२:५४

वैज्ञानिकहरुले संसारको सबैभन्दा हलुका पेन्ट तयार गरेका छन् । उक्त पेन्टको सबैभन्दा खास विशेषता भनेको यसको केवल १ किलो ३६० ग्रामबाट पूरै बोइंग ७४७ विमान पेन्ट गर्न सकिन्छ ।

साथै यो पेन्टबाट ऊर्जाको पनि बचत हुन्छ र यो पेन्टलाई कुनै पनि रङमा बनाउन सकिन्छ । साथै सो पेन्ट कुनै वस्तुमा लगाएपछि सदियौंसम्म टिक्ने दाबी गरिएको छ ।

पुतलीको पखेटामा रहेका रङबाट प्रेरित भएर वैज्ञानिकहरूले यो पेन्ट तयार गरेको बताइएको छ । यसमा रङको साटो पिग्मेन्टको प्रयोग गरिएको छ । जसमा नानोपार्टिकल्स राखिएको छ । यो पेन्टलाई प्लास्मोनिक पेन्ट नामाकरण गरिएको छ ।

आमरुपमा बोइङ ७४७ विमान पेन्ट गर्नका लागि ४५४ किलोग्राम परम्परागत पेन्ट खर्च हुन्छ । तर वैज्ञानिकहरुले बनाएको यो दुनियाँको हलुका पेन्टचाहिं केवल १३६० ग्रामले नै पूरै विमान पेन्ट गर्न सकिन्छ । यसबाट एक विमानको उडानमा खपत हुने बराबरको हरितगृह ग्यासमा कटौती गर्न सकिन्छ ।

हाल केवल प्रयोगशालामा तयार पारिएको यो पेन्ट ठूलो परिमाणमा व्यवसायिक रुपमा विकसित गर्नका लागि लामो समय लाग्नसक्नेछ ।

वैज्ञानिकहरुले यो प्लास्मोनिक पेन्टलाई विभिन्न रंगमा तयार गरेका छन् । यसले सबै प्रकारका इन्फ्रारेड किरणहरुलाई परावर्तन गर्दछ । यसको अर्थ यसले कम तापक्रम सोध्छन्,जसबाट ग्रिनहाउस ग्यासको उत्सर्जन पनि कम हुनेछ । किनकि यो आम पेन्टको तुलनामा १३ देखि १६ प्रतिशत चिसो हुन्छ ।

अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाका शोधकर्ताहरुले यो पेन्ट तयार गरेका हुन् । शोधकर्ताका अनुसार अमेरिकामा कुल बिजुली खपतको १० प्रतिशत हिस्सा एयरकन्डिसनरमा खपत हुन्छ । यदि यो प्लास्मोनिक पेन्टबाट विद्युतीय डिभाइस पेन्ट गरिएमा ठूलो परिमाणमा उर्जा बचत हुने दाबी गरिएको छ ।

यो पेन्टको मोटाइ केवल १५० नानोमिटर रहेको छ । यसलाई तयार गर्नका लागि शोधकर्ताहरुले इलेक्ट्रोन बिम एभापोरेटरको प्रयोग गरेका छन् ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?