+
+

चलचित्र विकास बोर्डले छोटा फिल्म प्रतियोगिता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १४:२७

काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले प्रतिस्पर्धा आयोजना गर्न लागेको बोर्डले जनाएको छ ।

प्रतियोगिताबारे बोर्डले केही दिनअघि सार्वजनिक सूचना समेत निकालेको थियो । प्रतियोगितामा सहभागी हुन बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी १० वैशाख २०८० सम्ममा चलचित्र विकास बोर्डको कार्यालय वा इमेल [email protected] मार्फत पेश गर्नुपर्नेछ ।

प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रमध्ये उत्कृष्ट तीनले क्रमशः प्रथम, द्वितीय र तृतीय गरी एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कृत फिल्मलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउने भएको छ ।

प्रतियोगितामा सहभाभी हुने फिल्म कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतिशत चलचित्रकर्मी नेपाली भएको हुनुपर्नेछ । सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका फिल्मले मात्र भाग लिन पाउनेछन् र ती फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?