+
+

सञ्चारिका समूहबाट पत्रकार महिलाहरु पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १८:३५

२० चैत, काठमाडौं । सञ्चारिका समूहले २६ औं वार्षिक साधारणसभाका अवसरमा दुई जना पत्रकारलाई अग्रणी सम्मान, दुई जनालाई पुरस्कृत र दुई जनालाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा पत्रकारद्वय रीता गुरुङ र सूर्यकुमारी पन्तले अग्रणी सम्मान २०७९ मार्फत सम्मान गरेको छ ।

त्यस्तै सञ्चारिका समानता पुरस्कार २०७८ बाट ईकागजकी सृजना खड्कालाई पुरस्कृत गरेको छ । यो पुरस्कारको राशी २० हजार रुपैयाँ छ । त्यस्तै स्व.उमा सिंह पत्रकारिता पुरस्कार, २०७८ बाट स्याङ्जाकी रीना थापा (तानी) १० हजार रुपैयाँसहित पुरस्कृत भएकी छन् ।

सञ्चारिका प्रोत्साहन पुरस्कार, २०७८ बाट काठमाडौंमा रहेर पत्रकारिता गरिरहेकी पाँचथरकी ज्ञानु घिमिरे र चितवनकी नीता श्रेष्ठ जनही १० हजार रुपैयाँसहित पुरस्कृत भएका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बाध्यकारी नहुँदासम्म कुनै पनि क्षेत्रमा महिला सहभागिता सुनिश्चित हुन नसकेको बताएकी छन् ।

सञ्चारिका समूहको २६ औं वार्षिक साधारणसभाको कार्यक्रममा उनले महिला सहभागितामा अझै कन्जुस्याइँ हुने गरेको बताएकी हुन् । ‘बाध्यकारी व्यवस्था नभएसम्म हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित हुन सक्दैन । महिलाको विकासनै समग्र मानव समुदायको विकास हो भन्ने नबुझ्दासम्म अहिलेको समस्या हल हुँदैन’ उनले भनिन् ।

पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनका लागि सञ्चार तथा सूचना मन्त्रालयले पनि सहयोग गर्ने मन्त्री शर्माले बताइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिलालाई टिकाइरहनु चुनौतीपूर्ण रहेको बताए । ‘पत्रकारितामा महिलालाई टिकाइराख्न नेतृत्व तहबाटै पहल गर्न जरुरी छ’ उनले भने ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघमा अहिले १७ प्रतिशत पत्रकार महिला रहेको र आगामी दिनमा बढ्ने बताए ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले सञ्चार क्षेत्रमा आवद्ध महिलाको हक, अधिकार, क्षमता अभिवृद्धिको लागि काम गर्दै आएको जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?