+
+

शान्तिवाटिकामा मिटरब्याज पीडितकाे बास (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ चैत २० गते २१:०४

२० चैत, काठमाडौं । मिटरब्याज पीडितको एक समूहसँग सरकारले ५ बुँदे सहमति गरेको दुई दिनपछि देशभरबाट आएका करिब ४०० मिटरब्याज पीडितले उक्त सहमति अपुरो भन्दै फेरि आन्दोलन थालेका छन् ।

सोमबार काठमाडौं आइपुगेको यो समूह दिनभर माइतीघरमा धर्ना दिएर साँझ शान्तिवाटिकामा बास बसेका छन् ।

उनीहरुले सरकार र मिटरब्याज पीडितको अघिल्लो समूहबीच भएको ५ बुँदे सहमति सकारात्मक तर अपुरो रहेको बताएका छन् । उनीहरुले मिटरब्याज पीडितविरुद्ध साहुकारले अदालतमा दिएका मुद्दा खारेज हुनुपर्ने माग राखेका छन् ।

मिटरब्याज पीडितहरु दिनभर माइतीघरमा धर्ना दिएर साँझ रत्नपार्क नजिकैको शान्तिवाटिकामा थकाइ मारेका छन् । करिब ४०० जनाका लागि खानपान र बसोबासको प्रबन्ध यहीं भएको छ ।

मिटरब्याज पीडितहरु आफैंले खाना पकाएका छन् र त्यहाँका पाटी, सत्तल र सार्वजनिक भवनमा सुत्ने प्रबन्ध गरिएको छ । बास बस्नका लागि एउटा त्रिपाल पनि टाँगिएको छ । साँघुरो ठाउँ र बास बस्ने मानिस धेरै भएका कारण मिटरब्याज पीडितहरु कोचाकोच गरेर बसेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?