+
+

रुसको विदेश मन्त्रालयले एलन मस्कलाई सिफारिस गर्‍यो ट्वीटरका चार अवतार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १६:०४

२१ चैत, काठमाडौं । सीईओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेको केही समयपछि रुसको विदेश मन्त्रालयले उनलाई थप चारवटा ‘अवतार’ बनाएर परिवर्तन गर्न सुझाएको छ । मस्कले ट्वीटरमा रहेको निलो चराको अवतारलाई हटाएर पहेँलो रंगको कुकुरको चित्र राखेका छन् ।

रुसको विदेश मन्त्रालयको भेरिफाइड ट्वीटर अकाउन्टले परिवर्तन गरिएको कुकुर र पुरानो चराको चित्र मिश्रित चारवटा चित्र बनाएर मस्कलाई मेन्सन गरेको छ ।

सुझाएका चारवटा चित्रमध्ये पहिलोमा नयाँ लोगोमा भएको कुकुरले पुरानो लोगोमा भएको चराको प्वाँख मुखमा च्यापेको देखाइएको छ ।

दोस्रोमा, पुरानो चराको प्वाँखबाट निर्मित हाते पंखा बनाएर कुकुरको मुखमा च्यापेको देखाइएको छ ।

त्यस्तै तेस्रो चित्रमा कुकुरले उक्त चरालाई शिकार गरेर निलिरहेको देखाइएको छ । जसमा कुकुरमा मुखमा चराको खुट्टा छ भने प्वाँख उडिरहेको अवस्थामा देखिन्छ ।

चौथो चित्रमा कुकुर र चराको शरीरको आधा-आधा भागलाई जोडेर एउटा नयाँ जनावर जस्तो देखाइएको छ । जसमा कुकुरको रंग पहेँलो नै छ भने चराको रंग निलो नै छ ।

ट्वीटरमा राखिएको कुकुरको चित्र विवादास्पद मानिँदै आएको क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा राखिएकै चित्र हो। अहिले ट्वीटर खोल्ने बित्तिकै सोही कुकुर देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?