+
+

नेविसंघको महाधिवेशन ८ महिनाभित्र गर्ने सहमति, अनसन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १७:१३

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको महाधिवेशन ८ महिनाभित्र हुने भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री भीष्मराज आङ्दम्वेको रोवरमा भए बसेको बैठकमा तदर्थ समितिलाई १० दिनभित्र पूर्णता दिने र ८ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको हो ।

यथाशीघ्र महाधिवेशन हुनु पर्ने माग गरी कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघ वृहत संघर्ष समितिको नाममा अनसन भइरहेको छ । त्यो अनसनमा उठेका मागका बारेमा सहमति गर्न भन्दै बसेको बैठकमा सहमति भएपछि अनसनरत समुहले अनसन पनि स्थगित गरेको छ ।

सहमति अनुसार जिल्लामा देखिएको नेविसंघको विवाद पार्टीको नेतृत्व र पदाधिकारीका बीचमाछलफल गरी समाधान गरिने छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, नेविसंघ वृहत संघर्ष समितिका उज्वल बज्राचार्य र कांग्रेस कार्यालयका सचिव प्रेम केसीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?