+
+

स्कुलका प्रिन्सिपलमाथि विद्यार्थी कुटेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १७:५७

२१ चैत, काठमाडौं । चाबहिलस्थित क्लिन्टन स्कुलका प्रिन्सिपल हिक्मत रायमाझीमाथि विद्यार्थी कुटपिट गरेको आरोप लागेको छ । पाँच कक्षामा अध्ययनरत एक विद्यार्थीले स्कुल फेरेको भन्दै उनले कुटपिट गरेको अभिभावक देवेन्द्र रेग्मीले बताए ।

रेग्मीका अनुसार अर्को विद्यालयमा प्रवेश परीक्षा दिएका विद्यार्थी १९ गतेदेखि क्लिन्टन स्कुलमा अन्तिम परीक्षामा सहभागी भएका थिए । ‘जाँच दिन गएको बच्चालाई किन अर्को स्कुल गइस भन्दै पिटेछन्’ उनले भने । साँझ कार्यालयबाट घर फर्कदा बच्चा सुतेको देखेपछि सोध्दा प्रिन्सिपल सरले कुट्नुभयो भन्दै डाम देखाएको उनले बताए ।

आफूले प्रहरी वृत्त गौशालामा उजुरी दिएको तर मिलापत्र गर्न सुझाव दिएपछि काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उजुरी दिएको रेग्मीले बताए ।

महानगरपालिकाले अभिभावकको उजुरी आएकोले प्रिन्सिपललाई बोलाएर स्पष्टीकरण लिने, उपचार गराउन लगाउने शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले बताए । उनले भने ‘उजुरी आएको छ । हामी प्रिन्सिपललाई बोलाएर स्पष्टीकरण लिने र आवश्यकता अनुसार कारबाही गर्छौं । अर्को पल्ट पनि यस्तो उजुरी आए विद्यालय खारेजी हुनेसम्मको कागज गराउँछौं ।’

प्रिन्सिपल हिक्मत रायमाझीले भने लड्न लाग्दा आफूले जोगाएको र त्यसै क्रममा सामान्य हातपात भएको हुन सक्ने बताए । ‘अलि चुलबुले स्वभावको बच्चा हो । लड्न लागेको देखेर मैले समाएँ । नभए लडेर उनको टाउको फुट्ने अवस्था थियो, त्यही बेला यस्तो बद्मासी गर्न हुन्छ भनेर सामान्य प्याट्ट पारेको मात्रै हुँ’ उनले भने । उनले सोमबार नै प्रहरी वृत्त गौशालामा मिलापत्र भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?