काठमाडौं जिल्ला अदालत								
											२२ चैत, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कार मुद्दामा बुधबार पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुन सकेन ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका लागि पालो नआएको हो ।
कार्यालय समयको अन्तिम समयमा मुद्दा केहीबेर मात्रै हेर्न सकिने अवस्था रहेको अदालतका एक कर्मचारीले बताए ।
क्रिकेटर लामिछानेका कानुन व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए ।
तर सरकारी वकिलले सुनुवाइ हुन नसक्ने भएपछि फेरि मुद्दाको पेशी तोकिनुपर्ने भनी इजलासको ध्यानाकर्षण गराएका थिए ।
यो मुद्दा अब कहिले सुनुवाइ हुन्छ भन्ने मिति तोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4