+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बन्दीपुरमा वैशाख १ गते पहिलो पर्यटकले १ रुपैयाँमै बस्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १४:०५

२२ चैत, पोखरा । नयाँ वर्षका अवसरमा तनहुँको बन्दीपुरका होटलमा पहिलो पाहुनाले १ रुपैयाँमै बस्न पाउने भएका छन् ।

नेपाली नयाँ वर्षमा बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न वैशाख १ गते बास बस्न पुग्ने पहिलो व्यक्तिलाई १ रुपैयाँमै कोठा उपलब्ध गराइने भएको हो ।

कोरोना माहामारीपछि सुस्ताएको बन्दीपुरमा पर्यटकका निम्ति विभिन्न कार्यक्रमको पनि आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । ‘होटलमा पहिलो चेक इन हुने पाहुनाले एक रुपैयाँमै कोठा पाउने छन् । तर, अन्य खानादेखि अन्य सुविधाको भने पैसा लाग्ने छ,’ प्रधानले भने, ‘पर्यटकलाई लक्षित गरेर सांस्कृतिक तथा पौराणिक कार्यक्रम पनि राखिएको छ ।’

प्रधानका अनुसार बन्दीपुरमा दर्ता भएका करिब ७० होटल छन् । कोरोना माहामारीपछि बन्दीपुरका होटल सुनसान जस्तै बन्न पुगेको बताउँदै प्रधानले अहिले कार्यक्रम लिएर पुग्नेबाहेक नियमित आएर बास बस्नेहरु हेर्दा ५० देखि १ सय जनाको हाराहारीमा मात्र पर्यटक रहेको जानकारी दिए। बन्दीपुरले दर्ता भएका र नभएका गरी एकै पटक ३ हजार जना सम्मलाई बास दिन सक्ने प्रधानको भनाइ थियो।

नयाँ वर्षका अवसरमा बन्दीपुरका ठाउँ ठाउँमा लाखे नाच, बाघ जात्रा, पुतली ट्रे, बिस्केट यात्रा, चुड्का, घाटु लगायत सांस्कृतिक तथा मौलिक कार्यक्रम राखिएको प्रधानले बताए । पाहुनाहरुलाई आकर्षित गर्न होटलहरुले आआफ्नो तरिकाले प्याकेजका कार्यक्रम पनि घोषणा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?