
२३ चैत, काठमाडौं । करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।
बार्सिलोनाको मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा रियलले बार्सिलोनालाई ४-० ले हराउँदै समग्रमा ४-१ को जित निकालेको हो ।
यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा रियल बार्सिलोनासँग १-० ले पराजित भएको थियो । तर दोस्रो लेगमा रियलले सानदार प्रदर्शन गर्दै जित निकालेको हो ।
रियलका लागि पहिलो हाफको इन्जुरी टाइममा भिनिसियस जुनियरले बेन्जेमाकै पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा बेन्जेमाले ह्याट्रिक गरे । उनले ५०औं, ५८औं र ८०औं मिनेटमा गोल गरे ।
रियलले अब उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4