+
+

द्रूतमार्गका लागि सेनाले माग्यो विज्ञसहित १७ कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते ७:४०

२३ चैत, काठमाडौं । काठमाडौं तराई-मधेश द्रूतमार्ग सडक (फास्ट ट्रयाक) आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ ।

नेपाली सेनाले बिहीबार सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ ।

आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्ती, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियरलगायतका कर्मचारी मागिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने छन् । निवेदन आफ्नो बायोडाटासहित इमेल वा भौतिकरुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने छ ।

यो जनशक्तिले नेपाली सेनासँग समन्वय गरी योजना र निर्माणलाई समयमै सम्पन्न गर्न भूमिका खेल्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?