+
+

सरकारको न्यूनतम साझा कार्यक्रममा गठबन्धनमा सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १२:१६

२३ चैत, काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ ।

आज साँझ ५ बजे सार्वजनिक हुन लागेको सरकारको न्यूनतम साझा कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा सरकारको न्युनतम साझा कार्यक्रममा सहमति जुटेको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

उनले आजै साँझ ५ बजे न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने बताए । त्यसअघि केही साना सुझावहरु भए सत्ता साझेदार दलहरुले दिन सक्ने गुरुङले बताए ।

सरकारको न्युनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै जनजीविका, कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?