
२३ चैत, काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्र सचिव भरतरात पौड्यालले चिनियाँ विदेशमन्त्री छिन क्याङसँग भेटवार्ता गरेका छन् । सचिव पौड्याल द्विपक्षीय कूटनीतिक संयन्त्रको १५ औं बैठकमा सहभागी हुन बुधबार बेइजिङ पुगेका हुन् ।
चिनियाँ विदेशमन्त्रीसँग भएको भेटमा द्विपक्षी सम्बन्धलाई दृघकालीन हिसाबले थप मजबुत बनाउने र भ्रमणहरूको आदानप्रदान गर्ने तथा विकास, व्यापार, लगानी र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।
भेटमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर थापालगायत दुवै देशका परराष्ट्र मन्त्रालयका विशिष्ट अधिकारहरू सहभागी रहेका थिए ।
नेपाल र चीनको द्विपक्षीय कूटनीतिक संयन्त्रको १५ औं बैठक शुक्रबारदेखि सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4