News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक समारोहमा शान्ति पुरस्कार प्रदान गरिएको छ।
- फिफा अध्यक्ष जियानी इन्फेन्टिनोले गाजा युद्धविराम प्रयासका लागि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्ने बताइसकेका छन्।
- ट्रम्पले कयौं युद्धहरू रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आफूलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने इच्छा जाहेर गरेका छन्।
२० मंसिर, काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ ।
फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ ।

इन्फेन्टिनोले यसअघि नै गाजा युद्धविरामको प्रयासका लागि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्ने बताइसकेका छन् ।
राष्ट्रपति ट्रम्प लामो समयदेखि नोबेल शान्ति पुरस्कारका लागि इच्छा जाहेर गर्दै आएका छन् । कयौं युद्धहरू रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण आफूलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4