२३ चैत, काठमाठौं । नाइजेरियन खेलाडी अजयी मार्टिन्सले गरेको एक मात्र गोलमा थ्रीस्टारले शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गरेको छ ।
च्यासल मैदानमा भएको खेलमा मार्टिन्सले १६ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।
थ्रीस्टारलाई ३ अंक दिलाउन त्यही गोल निर्णायक बन्यो । तेस्रो जितपछि थ्रीस्टार १० अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।
यस सिजन दोस्रो हार बेहोरेको आर्मी ६ खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ ।
प्रतिक्रिया 4