+
+

फ्रान्सेली राजा लुई पन्ध्रौंमा आधारित जोनी डीप स्टारर फिल्म कान्समा देखाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १६:५०

काठमाडौं । हलिउड अभिनेता जोनी डीप अभिनित फ्रान्सेली ऐतिहासिक फिल्म ‘जन डु बेरी’ आगामी महिना हुने विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । फिल्ममा डीपले फ्रान्सेली राजा लुई पन्ध्रौंको भूमिका निर्वाह गरेका छन् ।

मे १६ मा कान्समा यो फिल्मको हाइप्रोफाइल प्रिमियर हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वपत्नी एम्बर हर्डसँगको मानहानी मुद्दा जितेपछि यो फिल्ममार्फत डीपको पुनरागमन हुन लागेको हो ।

फिल्मलाई अभिनेता तथा निर्देशक माइवेनले बनाएका हुन्, जसले कान्समा यसअघि प्रदर्शन भएका फिल्महरु पोलिस र मोन रोई पनि निर्देशन गरेका थिए । कान्समा प्रिमियर भएकै दिनमा यो फिल्म फ्रान्सका हलमा समेत प्रदर्शनमा आउने भएको छ ।

सन् २०२० मा बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्म ‘मिनामाता’पछि डीप अभिनित फिल्म कान्समा देखाइन लागिएको हो । त्यसयता अभिनेता डीप कानुनी झमेलामा फसेका थिए । सन् २०२१ को मार्चमा उनले सन अखबारसँगको मानहानीको मुद्दा हारेका थिए । सन अखबारले डीपलाई पत्नी कुट्ने व्यक्ति भन्दै समाचार लेखेको थियो ।

केही महिनाअघि एक अखबारको आर्टिकलमार्फत अभिनेत्री हर्डले डीपविरुद्ध घरेलु हिंसाबाट आफू पीडित भएको आरोप लगाएकी थिइन् । यसबारे परेको मुद्दामा अदालतले डीपलाई समर्थन गर्‍यो । डेपले हालै अमेजनका लागि रिहानाको सेभज एक्स फेन्टी फेसन शोमा देखिएका थिए । उनका म्यानेजरका अनुसार एम्बर हर्डले आर्टिकल लेखेपछि अभिनेता डीपले उनको चर्चित फिल्म ‘पाइरेट्स अफ द क्यारेबियन’ निर्माण कम्पनीसँग भएको २२.५ मिलियन डलरको सम्झौता गुमाए ।

यस वर्षको कान्समा मार्टिन स्कोरसिस निर्देशित प्रतीक्षित क्राइम ड्रामा ‘किलर्स अफ द फलावर मुन’ पनि प्रदर्शन हुँदैछ । यो फिल्ममा लियोनार्दो डिकाप्रियो र इन्डियाना जोन्सले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?