+
+

१८ सेकेण्ड लामो ‘बहाव’को चुम्बन दृश्यलाई लिएर सेन्सर बोर्डको सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १७:१०

काठमाडौं । चलचित्र जाँच समितिले शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्यलाई लिएर निर्देशक र निर्मातासँग सोधपुछ गरेको छ । बोर्डका पदाधिकारीले चासो दिएर सोधेपछि आफूले फिल्ममा उक्त दृश्यको औचित्य र महत्वबारे बताएको निर्देशक प्रमोद कँडेलले जानकारी दिए ।

फिल्म सुरु भएको केही मिनेटमै सुरक्षा पन्त र पवन श्रेष्ठको झण्डै १८ सेकेण्ड लामो चुम्बन दृश्य आउँछ । बुधबार बेलुका प्रिमियरमा यो दृश्य आएपछि दर्शकले हलमा हुटिङ समेत गरेका थिए । यो चुम्बनको दृश्य नेपाली फिल्ममा अहिलेसम्मकै लामो भएको हुन सक्ने निर्देशक कँडेलको ठम्याइ छ ।

यसअघि सामान्य चुम्बन दृश्यमा पनि अनुदार मानिने सेन्सर बोर्ड बहावको यो रोमान्टिक र बोल्ड दृश्यमा भने उदार देखिएको छ । ‘सेन्सर हुँदा पनि बोर्डका पदाधिकारीले यसबारे अब्जेक्सन गर्नुभएको थियो । तर उक्त दृश्य किन फिल्मको लागि महत्वपूर्ण छ भन्ने बताएपछि उहाँहरु कन्भिन्स हुनुभयो र युनिभर्सल सर्टिफिकेट दिनुभयो,’ निर्देशक कँडेलले भने, ‘सेन्सर बोर्डमा फिल्म बुझ्ने मान्छे पुगेछन् भन्ने लागेर खुसी छु ।’

फिल्मभित्र शीर्ष पात्रहरुको सम्बन्ध स्थापनाका लागि उक्त दृश्यको प्रयोग गरिएको छ । सुरक्षाको फिल्म करिअरमा पहिलोपटक यस्तो बोल्ड सिन दिएकी हुन् । यो दृश्य आउँदा प्रिमियरमा उपस्थित भएकी सुरक्षाले लाजले मुख छोपेकी थिइन् । यसअघि निर्माताले पनि यसबारे केही बताएका थिएनन् । यो दृश्यलाई गुपचुप राखिएको थियो ।

फिल्मका निर्माता श्रीधर पौडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?