+
+

फिफा वरीयतामा नेपाल एक स्थान माथि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १७:३४

२३ चैत, काठमाडौं । फिफा वरीयतामा पुरुषतर्फ नेपाल एक स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार निकालेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५औं स्थानमा थियो ।

केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधि जितेपछि नेपालको वरीयता एक स्थान सुधार भएको हो । थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको थियो भने भुटानसँग १-१ को बराबरी खेलेको थियो ।

लाओस विरुद्धको फाइनल खेल भने पिफा मिति भन्दा बाहिरको भएकोले औपचारिक मान्यता पाएको थिएन ।

पछिल्लो समय नेपाली खेलाडीहरु लगातार विदेशिन क्रम जारी रहँदा नवनियुक्त इटालियन प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नयाँ युवा खेलाडीहरु समावेश गर्दै थ्री नेसन्स कपका लागि टिम तयार पारेका थिए । जसमा चार खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

वरीयतामा दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल भन्दा अघि रहेको भारत १०१औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५४औं स्थानमा उक्लेको छ । भुटान १८५औं, बंगलादेश १९२औं, पाकिस्तान १९५औं स्थानमा छ ।

गत डिसेम्बरमा विश्वकप फुटबल जितेको अर्जेन्टिना बल्ल वरीयताको शीर्ष स्थानमा उक्लेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?