+
+

अर्थमन्त्री र ईयू प्रतिनिधिबीच भेटवार्ता, युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १६:३१

२४ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग युरोपियन युनियन (ईयू) प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजले शुक्रबार भेट गरेकी छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको थियो ।

गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपियन युनियनले सहयोग उपलब्ध गराइरहेको छ । युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक रहेको अर्थमन्त्री डा. महतले बताए ।

युरोपियन युनियनको सहयोग नेपालका लागि महत्वपूर्ण रहेकाले ऊर्जा, भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न नेपालले चाहेको विषयमा छलफल केन्द्रित रहेको डा. महतले बताए ।

समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न युरोपियन युनियन उत्साहित भएको मन्त्री डा. महतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?