+
+

कर्णालीको विकासका लागि प्रधानमन्त्री र मैले चुनावअघि नै प्रण गरेका छौं : उपप्रधानमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १२:२५

२५ चैत, सर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले चुनावअघि नै प्रण गरेको बताएका छन् ।

शनिबार गृहजिल्ला सुर्खेत आएका खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अब कर्णालीको विकासका लागि केन्द्रमाबाट पर्याप्त बजेट पाउने बताएका हुन् ।

मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै खड्काले कठिन प्रस्थितिकाबीच पनि कर्णालीलाई केन्द्रले विशेष सम्बोधन गर्ने अश्वासन दिए ।

‘मुलुकको अर्थतन्त्र कमजोर छ । तर कठिन परिस्थितिकाबीच पनि केन्द्रले कर्णालीलाई विशेष सम्बोधन गर्छ । चुनावअघि नै प्रधानमन्त्री ज्यू र मैले कर्णालीका धेरै ठाउँमा पुगेर बाँचा गरेका थियौं,’ खड्काले भने, ‘कर्णाली करिडोरका लागि बजेट बन्दै छ दाता पनि खोज्दैछौं । विकासका काम अगाडि बढाउने गरी कानुन निर्माण गरिने छ ।’

फरक प्रसंगमा खड्काले एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताए ।

उनले अब शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेगरी सरकार अघि बढ्ने बताए । ‘द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त हो । हामी त्यही उद्देश्यसहित अघि बढ्ने छौँ,’ उनले भने, ‘१२ बुँदे शान्ति सम्झौतामा नेपाली कांग्रेस र माओवादीको मुख्य भूमिका रहेको र यसैबाट देशमा शान्ति स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता आएको हो।’

कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार छिट्टै बन्ने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?