+
+

गाईघाट बजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते ८:४६

२६ चैत, उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय मोटरसाइकल चालक तारणी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रक चालक, ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?