+
+

ताइवानको ‘यी यी’ बन्यो यस शताब्दीकै महान् फिल्म, सूचीमा एसियाली दबदबा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १४:०७

काठमाडौं । प्रतिष्ठित हलिउड रिपोर्टर म्यागजिनले २१ औं शताब्दीका ५० महान् फिल्मको सूची सार्वजनिक गरेको छ । रोचक कुरा के छ भने यो सूचीमा एसियाली फिल्मको दबदबा देखिएको छ । शीर्षस्थानमा कुनै अमेरिकी र युरोपेली फिल्म नभएर ताइवानको ‘यी यी’ रहेको छ ।

बीबीसी, भेराइटीलगायतका सञ्चारमाध्यमले पनि शताब्दीका महान् फिल्मको सूची यसअघि सार्वजनिक गरेका छन् । हलिउड रिपोर्टर म्यागजिनको पछिल्लो सूचीको शीर्षस्थानमा पर्न सफल ‘यी यी’बाट एड्वार्ड याङले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार जितेका थिए ।

सन् २००० को यो ताइवानी ड्रामा फिल्मले एनजे नामक इन्जिनियर र उनको मध्यमवर्गीय ताइवानी परिवारको तीन पुस्ताको संघर्षको कथावस्तु पेश गर्छ । फिल्मको सफलतापछि निर्देशक याङ ताइवानी फिल्मको न्यु वेभको पोस्टर-ब्वाय बनेका थिए । अमेरिकाको सिएटलमा सफ्टवेयर क्षेत्रमा काम गरेर बिताएपछि ३६ वर्षको उमेरमा याङले पहिलो फिल्म छायांकन गरेका थिए ।

सन् २००७ मा क्यान्सरबाट अकालमै निधन भएका निर्देशक याङको यो अन्तिम फिल्म समेत हो । संकटको बीचमा बहुपुस्ताको ताइपेई परिवारको कथामा आधारित यो फिल्म कमेडी, रोमान्स, शान्त, क्रोध र निराशाले भरिएको छ । आधुनिक जीवन कसरी भौतिकवादी दुनियाँमा रुपान्तरित हुँदैछ भन्ने चित्रण यसले गर्छ । म्यागजिनले यसलाई २१ औं शताब्दीको सानदार चित्रण भनेको छ ।

दृश्य र कथात्मक शक्ति प्रयोग गरेर दर्शकलाई यो फिल्मले सिनेम्याटिक संसारभित्र लैजान सक्ने सामथ्र्य रहेको उल्लेख छ । दोस्रो स्थानमा ‘इनसाइड लेभिन डेविस’, तेस्रो स्थानमा ‘द ग्लेनर्स एण्ड आइ’, चौथो स्थानमा ‘जोडाइक’, पाँचौंमा ‘मूलहोल्याण्ड एण्ड ड्राइभ’, छैटौंमा एनिमेटेड फिल्म ‘स्प्रिटेड अवे’, सातौंमा ‘ब्रोकब्याक माउन्टेन’, आठौंमा ‘इन द मुड फर लभ’, नवौंमा ‘फो मन्थ्स, थ्री विक्स एण्ड टु डेज’ र दशौं स्थानमा ‘गेट आउट’ छन् ।

यसअघि द गार्जियनले ‘देयर विल बि ब्लड’ शीर्षस्थानमा राखेको थियो । बीबीसीले भने ‘मूलहोल्याण्ड ड्राइभ’लाई शताब्दीकै महान् फिल्म घोषित गरिसकेको छ । महान् फिल्मको सूची भने केही वर्षको अन्तरालमा परिवर्तन भइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?