+
+

नवीकरण नगर्ने क्याम्पससँग त्रिविले माग्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १८:२६

२७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हालसम्म नवीकरण नगरेका सम्बन्धन प्राप्त क्याम्पसलाई वैशाख मशान्तभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

उपकुलपति कार्यालयको योजना निर्देशनालयले सूचना जारी गर्दै विभिन्न संकाय तथा संस्थानहरुको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरु सञ्चालन गरेका क्याम्पस/ कलेजहरु मध्ये कतिपयले हालसम्म पनि नवीकरण नगरेको पाइएकाले किन खारेज नगर्ने भनी सोधेको हो ।

सूचनामा भनिएको छ, ‘उक्त कलेजहरुलाई त्रिवि नियमानुसार किन खारेजी नगर्ने सम्बन्धमा कुनै मनासिब कारण भए २०८० वैशाख मसान्तसम्म सम्बन्धित डीन कार्यालयहरुमा निवेदन दिन सूचित गरिन्छ ।’ विभिन्न संकाय तथा संस्थान र कार्यक्रमको सम्बन्धन लिएका क्याम्पस/कलेजहरुले कुनै वा सबै कार्यक्रम खारेज गर्न चाहेमा त्रिवि योजना निर्देशनालयमा निवेदन दिन पनि भनिएको छ ।

एक हजार ६० सम्बन्धन प्राप्त कलेजमध्ये २७ चैतसम्म व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त ८१८ वटाले मात्रै नवीकरण गरेका छन् । यी संकायबाहेकका इन्जिनियरिङ अध्ययन संस्थानका १० क्याम्पस, चिकित्सा अध्ययन संस्थानका १५ क्याम्पसलगायत केही विभागको सम्बन्धन प्राप्त कलेजहरुले नवीकरण गरिसकेका छन् ।

सम्बन्धन प्राप्त कलेजहरुले कार्यक्रमहरुको आधारमा नवीकरण गर्नुपर्ने तर नगरेका योजना निर्देशनालयले जनाएको छ । योजना निर्देशनालयका प्रमुख धु्रवकुमार गौतमका अनुसार निर्देशानालयबाट नवीकरणका लागि पटक पटक सूचित गर्दा पनि नवीकरण नगरेपछि स्पष्टीकरण सोधिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?