+
+

अर्थतन्त्रको निराशाजनक अवस्था लामो समय जाँदैन : गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १२:०७

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशा लामो समय नरहने बताएका छन् । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

कोभिड–१९बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको भन्दै उनले यो अप्ठ्यारो लामो समय नरहने बताए । ‘कोभिडबाट बचाएको अर्थतन्त्र हाम्रै कारण अप्ठ्यारोमा पर्यो । अहिलेको निरासाजनक अवस्था लामो समय रहँदैन,’ अध्यक्ष गोल्छाले भने ।

अहिलेको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न पनि उनले सुझाव दिए । उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने भन्दै उनले सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे ।

लोकप्रियताभन्दा पनि दिगो योजना बनाएर दिगो आर्गिक वृद्धिका लागि काम सरकारलाई सुझाव दिंदै उनले नेपाली उद्योगलाई सहुलियतमा बिजुली उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

महासंघ सरकार विरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै उनले जनताको जीवनस्तर उठाउन काम गरिने बताए । हामीसँग विश्व बजारमा छिरेका देशहरु धेरै माथि पुगेका उदाहरणले नेपाल पनि पुग्न सक्छ भन्दै गोल्छाले अहिलेको अप्ठ्यारो अवस्थामाथि उठाउन सरकारको विशेष ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?