+
+

‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकियो, वैशाख १ मा रिलिज नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १२:०९

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । वितरक मनोज राठीका अनुसार अब यो फिल्म पूर्वनिर्धारित मिति वैशाख १ गते रिलिज हुनेछैन ।

फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि फिल्म रिलिज प्रभावित भएको हो । डीएस डिजिटल र एफडी कम्पनीले फिल्मका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका थिए । न्यौपानेले डीएस डिजिटललाई ११ लाख र एफडीलाई दुई लाख रुपैयाँ तिर्न बाँकी रहेको उजुरीमा उल्लेख छ ।

डीएस डिजिटलकी प्रमुख शर्मिला पाण्डेले वैशाख २० मा आफूले पैसा पाउने भने पनि नपाएको बताइन् । बोर्डमा परेको उजुरीबारे चाँडै समाधान गर्ने प्रयास भइरहेको बोर्ड सदस्य रवि अधिकारीले बताए । ‘तर बोर्डकै कारण फिल्म रिलिज भने रोकिएको होइन,’ अधिकारीले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्डले सेन्सर सिफारिस गरेर पठाइसकेको बताए । तर पनि फिल्मका निर्माताको आन्तरिक कारणले प्रदर्शन रोकेको हुन सक्ने बताए । ‘बाहिर विकास बोर्डले सेन्सर सिफारिस रोक्यो भनेर अपवाह फैलाइएको रहेछ, यसप्रति गम्भीर आपत्ति छ,’ उनले अनलाइनखबरसँग भने, ‘हामीले सेन्सर सिफारिस गरेर पठाएका छौं । सेन्सर भएर सर्टिफिकेटसमेत आइसकेको छ ।’

विकास आचार्य निर्देशित फिल्ममा आँचल शर्मा, आशिर्वाद क्षेत्री र अनुभव रेग्मीको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?