+

१० कारणले मुख गन्हाउँछ

२०७९ चैत  २८ गते १३:१७ २०७९ चैत २८ गते १३:१७
१० कारणले मुख गन्हाउँछ

सास गन्हाउने समस्या किन हुन्छ ? यसको एउटा मात्र जवाफ छैन । मुखको दुर्गन्धको कारण दाँत तथा मुख मात्र हुँदैन, शरीरको अन्य समस्याको कारण पनि मुखबाट दुर्गन्ध आउने हुन्छ ।

१. यसको मुख्य कारण दाँतको बीचमा हुने ‘ब्याक्टेरिया’ कीटाणु हो । यदि सास गन्हाउने समस्यालाई समयमै ध्यान दिएन भने यो बढ्न सक्छ ।

२. दाँतको बीचमा जम्मा भएर बसेको फोहोर, जिब्रोको सरसफाइ राम्ररी नगर्दा र गिजाको समस्या आदि मुखको दुर्गन्धको कारण हो ।

३. मुखबाहेकको कारणमा साइनसको समस्याले पनि सास गन्हाउन सक्छ ।

४. फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ ।

५. कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसकारण मुख तथा सासबाट गन्ध आउने हुन्छ ।

६. ग्यास्ट्रिक तथा पेटको समस्याले पनि मुखबाट दुर्गन्ध आउन सक्छ ।

८. मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसकारण मुख गन्हाउन थाल्छ ।

९. मिर्गौलाको समस्याले शरीरमा मेटाबोलिक परिवर्तन देखापर्छ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ, जसकारण मुखबाट गन्ध आउने गर्छ ।

१०. लामो समयसम्म चुरोट र खैनीको सेवन गर्ने मानिसहरूमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ । यस्तोमा उनीहरूको मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुखबाट निस्किने गन्ध पनि फरक-फरक हुन्छ ?

मुखबाट निस्किने दुर्गन्ध पनि दुई प्रकारको हुन्छ, आफूलाई महसुस हुने र अरूलाई महसुस हुने । कसैमा माछा गन्हाएको जस्तो दुर्गन्ध आउँछ भने कसैमा एसिडिक दुर्गन्ध महसुस हुन्छ ।

मुख र दाँत सफा हुँदा पनि कतिपयको मुखमा गन्ध आउने समस्या हुन्छ । त्यो गन्ध अन्य स्वास्थ्य समस्या जस्तै साइनसको समस्या, मिर्गौलाको समस्या, पेटको समस्या र मधुमेहको समस्याका कारण पनि आएको हुन सक्छ ।

दाँत तथा गिजामा कस्तो समस्या हुँदा गन्ध आउँछ ?

सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । जसकारण मुखमा संक्रमण भई मुखबाट गन्ध आउने गर्छ । गिजाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ । जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ ।

यस्तो गन्धलाई कसरी रोक्ने ?

मुखबाट दुर्गन्ध आउने धेरैजसो मुखकै समस्याका कारण भएकाले यसलाई रोक्न बिहान र बेलुका दिनमा दुई पटक नछुटाई राम्रोसँग दाँत माझ्ने । दाँतको बीचमा भएका खाली ठाउँमा विभिन्न खानेकुरा अड्किन्छ । ती कुरा त्यहाँ नकुहियोस् र दुर्गन्ध नबढोस् भनेर राम्रोसँग ब्रस गर्नुपर्छ ।

जिब्रोलाई जिब्री वा ब्रसले दिनहुँ सफा गर्दा मुख गन्हाउने समस्या कम हुन्छ । दाँतमा अड्किएको खाना ब्रस गर्दा मात्र ननिस्कन सक्छ, त्यसैले दाँतलाई फ्लस पनि गर्नुपर्छ । हरेक पटक खाना खाएपछि मुख राम्ररी कुल्ला गर्नुपर्छ ।

मुखको सरसफाइमा ध्यान दिंदा पनि मुखबाट दुर्गन्ध आइरहन्छ भने अन्य कारण पत्ता लगाएर उपचार गर्नुपर्छ ।

कसैमा मुखको दुर्गन्ध अत्यधिक छ भने त्यो दुर्गन्ध कम गर्न माउथ फ्रेसर, माउथ वास प्रयोग गर्न सकिन्छ । तर यो समस्याको समाधान भने होइन । दाँतलाई राम्ररी सफा गरिसकेपछि मात्र माउथ वासको प्रयोग गर्ने हो । मुखको दुर्गन्ध विभिन्न कारण हुने हुँदा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । उपचार गरिएन माउथ फ्रेसरले कुल्ला मात्र गरियो भने समस्या समाधान हुँदैन समस्या दोहोरिन सक्छ तथा बढ्न पनि सक्छ ।

(गिजारोग विशेषज्ञ डा. गोयलसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. खुश्बु गोयल मुख
लेखक
डा. खुश्बु गोयाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?