+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१८ जना डिजाइनरले मिस नेपालको पहिरन तयार पार्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १४:४५

काठमाडौं । मिस नेपाल २०२३ का सेमिफाइनलिस्टको लागि १८ जना फेसन डिजाइनरले पहिरन तयार पार्ने भएका छन् । सम्भवतः यति धेरै फेसन डिजाइनरले मिस नेपालको राउण्डका लागि पहिरन तयार पार्न लागेका हुन् । हिडन ट्रेजरका अनुसार यी फेसन डिजाइनरले पहिलो राउण्डका लागि डिजाइन गर्नेछन् ।

आईआईएफटीबाट स्नातक गरेका फेसन विद्यार्थीले पहिलो राउण्ड, कासा बुटिकले दोस्रो राउण्ड र मनिष राईले तेस्रो राउण्डका लागि पहिरन डिजाइन गर्ने भएका छन् । गत साता बुढानीलकण्ठमा आयोजित स्यास सेरोमोनीमा ती प्रतिस्पर्धीको घोषणा गरिएको थियो ।

डिजाइनरहरु गीता मिश्र, पम्फा श्रीश, सुप्र्र्रीति व्यञ्जनकार, सेन्हा राई, सुदिना बज्राचार्य, रेगिशा महर्जन, दिलमाया मगर, सोनल केसी, वर्षा पन्त, सुनैना शाही, स्यामुएल अकोन्तांश, सञ्जिता बराल, दर्पण खाती, राजन शाह, विप्लवराज नाग नाहरले पहिरन तयार गर्दैछन् । डिजाइन लगाएरै पहिलो राउण्डमा प्रतिस्पर्धीले परिचय दिनेछन् । यी प्रतिस्पर्धीलाई फेसन कोरियोग्राफर रचना शर्माले तालिम दिइरहेकी छन् ।

‘मिस नेपाल–२०२३’ को उपाधिका लागि राइना मजगैंया, स्मारिका कार्की, प्रज्ञा बज्राचार्य, आयुषा महर्जन, सुधा देवकोटा, प्रसिद्धि शाह, सृष्टि हाडा, सदीक्षा थापा, वर्षा गौतम, उन्नति गुरुङ, कविना श्रेष्ठ, आयुष्मा बराल, रजनी मिश्र, होलिस्का कोइराला, स्विन्जा सुनाम, श्रीच्छा प्रधान, गृष्मा अधिकारी, अपेक्षा खतिवडा, कीर्तिका बस्नेत, ऐश्वर्य श्रेष्ठ, छिरिङ डोल्मा पाख्रिन, सुहानी खड्का क्षेत्री, प्रीतिका खड्का र कीर्ति बर्तौलाले प्रतिस्पर्धा गर्दैछन् ।

आगामी सातादेखि मिस नेपालमा पपुलर च्वाइसको प्रवर्द्धन कार्यक्रम सुरु हुँदैछ । जसअनुसार बढी भोट ल्याउने प्रतिस्पर्धीले वाइल्ड कार्ड एन्ट्रीमार्फत सिधै फाइनल राउण्डमा प्रवेशको मौका पाउनेछन् । ग्राण्ड फिनाले आगामी जेठ १३ गते ललितपुरस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?