+
+

अनधिकृत व्यक्तिको पहुँचमा पुग्यो सशस्त्र प्रहरीको फेसबुक पेज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १४:५०

२८ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको फेसबुक पेजमा अनधिकृत व्यक्तिले पहुँच पुर्‍याएका छन् ।

मंगलबार बिहान १०:५९ बजे अनधिकृत व्यक्तिले पहुँच पुर्‍याएर भियतनामी भाषामा एउटा पोष्ट गरेका छन् । त्यसवाहेक पेजमा के–के भएको छ भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।

‘एउटा पोष्ट भएपछि साइबर सेक्सनले अनुसन्धान गरिरहेको छ’, उनले भने । यसअघि सशस्त्र प्रहरी बलको ट्वीटर ह्याण्डल पनि सशस्त्र प्रहरीको पहुँच बाहिर पुगेको थियो ।

२४ चैतमा नेपाली सेनाको सर्भरमा अनधिकृत पुहँच पुर्‍याएको आरोपमा स्याङ्जाका २१ वर्षीय सागर ढकाल पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?