+
+

करिब २ अर्ब रुपैयाँमा बिक्यो संसारकै सबैभन्दा महँगो कार नम्बर प्लेट

एजेन्सी एजेन्सी
२०७९ चैत २९ गते १३:१६

एउटा गाडीको नम्बर प्लेटको मूल्य कति पर्ला ? के कोही मानिसले गाडीको नम्बर प्लेटका लागि करिब २ अर्ब रुपैयाँ खर्च गर्ला ? सुन्दैमा बकबास लाग्नसक्छ । किनकि २ अर्बमा त धेरैवटा कार नै किन्न पो सकिन्छ । अनि कार नै किनेपछि त्यो सँगै हुने नम्बर प्लेटको त के भाउ भयो र ?

तर यूएईको दुबईमा भएको एक लिलामीका क्रममा एउटा नम्बर प्लेट करिब २ अर्ब रुपैयाँमा बिक्री भएको छ । P7 को युनिक नम्बर रहेको उक्त नम्बर प्लेटले संसारकै सबैभन्दा महँगो नम्बर प्लेटको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

शनिबार दुबईमा भएको Most Noble Numbers’ charity auction मा सो नम्बर प्लेट ५ करोड ५० लाख दिरहाममा लिलाम भएको हो ।

यसअघि सन् २००८ मा अबुधावीको १ नम्बरको नम्बर प्लेट ५ करोड २२ लाख दिरहाममा लिलाम भएको थियो । त्यसको कीर्तिमानलाई P7 ले भंग गरिदिएको छ ।

भीआईपी कार प्लेट नम्बरको रुपमा रहेको P7 को लिलामीको सुरुमै आयोजकले प्रश्न गरेका थिए – १६ वर्षअघि अबुधावीमा एउटा विश्व कीर्तिमान कायम भएको थियो जब एउटा नम्बर प्लेट ५ करोड २५ लाख दिरहाममा बिक्री भयो । के हामीले आज एउटा नयाँ कीर्तिमान राख्दैछौं त ?

उक्त लिलामी जुमेरास्थित फोर सिजन्स रिसोर्टमा भएकेा थियो । सुरुवाती बोली डेढ करोड दिरहामबाट सुरु भएकोमा केही सेकेण्डमै तीन करोड दिरामको बोली लागेको थियो ।

साढे तीन करोड दिरहामको बोली लागेपछि केही बेर सुस्तायो । टेलिग्राम एपका संस्थापक पाभेल भ्यालेरिभिच दुरोभले त्यो बोली लगाएका थिए । तर केहीबेरपछि लिलाम बढाबढले गति लियो र त्यसको अन्तिम बोली ५ करोड ५० लाख दिरहाम अर्थात् करीब २ अर्ब रुपैयाँ पुग्यो । अन्ततः ती व्यक्तिले नै सो नम्बर प्लेट सकारे । उनले आफ्नो नाम खुलाएका छैनन् ।

कीर्तिमानी मूल्यमा नम्बर प्लेट बिक्री भएसँगै त्यहाँ उत्सव सुरु भयो र खरिदकर्ताको वरिपरि मानिसहरू झुम्मिए ।

उक्त लिलामीका क्रममा P7 सँगै AA19, AA22, AA80, o71, x36, y900, Q22222 तथा Y6666 जस्ता युनिक तथा विशेष नम्बर प्लेटहरु समेत लिलाम भएका थिए । त्यसमध्ये AA19 नम्बर प्ले ४ करोड ९० दिरहाममा लिलाम भएको थियो । यी सबै लिलामीबाट कुल ९ करोड ८० लाख दिरहाम रकम संकलन गरिएको थियो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?