
२९ चैत, काठमाडौं । बास्केटबलका लेजेण्ड माइकल जोर्डनले सन् १९९८ को एनबीए फाइनलमा लगाएको स्निकर्स (जुत्ता) कीर्तिमानी मूल्यमा लिलामी भएको छ ।
अक्सन ह्याउट सोथबाईका अनुसार उक्त जोडी जुत्ता २.२ मिलियन अमेरिका डलरमा मंगलबार बिक्री भएको हो ।
एअर जोर्डन १३ ब्रेड्स नामको जुत्ता अहिलेसम्म सबैभन्दा महँगो मूल्यमा लिलामी भएको हो । उक्त ब्ल्याक एण्ड रेड जुत्ता जोर्डनले ‘दी लास्ट डान्सको रुपमा रहेको’ आफ्नो अन्तिम सिजनमा सिकाको बुल्सका लागि खेल्दा लगाएका थिए ।
जोर्डनले ३७ अंक स्कोर गरेपछि बुल्सले उताह जाजलनई ९३–८८ ले हराएको थियो । जोर्डनले ५ पटक एनबीए च्याम्पियनसिप जितेका थिए ।
सोथबाईका अनुसार जोर्डनले उक्त स्नीकर्स जुत्ता जाज बल ब्वाएलाई दिएका थिए जसले जोर्डनको हराएको ज्याकेट भेटाउन मद्दत गरेका थिए । उक्त जोडी जुत्ता जोर्डनले आफ्नो अन्तिम खेलमा लगाएका थिए ।
यसअघिको कीर्तिमानी लिलामी सन् २०११ मा लिलामी भएको कान्ये वेस्टको नाइक एअर यीजी १.८ मिलियन अमेरिकन डलरमा थियो ।
सोथबाईले यसअघि जोर्डनको जर्सी पनि लिलामी गरेको थियो । सन् १९९८ को पहिलो खेलमा जोर्डनले लगाएको जर्सी २०२२ सेप्टेम्बरमा १०.१ मिलयन डलरमा लिलामी भएको थियो र यो खेलाडीले लगाएको स्पोर्ट्स मेमोराबिलियामा कीर्तिमानी मूल्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4