+
+

मन्त्री मोदीको प्रस्ताव : संघीय निजामती विधेयकमा अडान छाडौं, छिटै पास गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १४:२५

२९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीले संघीय निजामती सेवा विधेयक सबैको जित हुने गरी पास गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सबै पक्षले सबै कुरा एकैपटक प्राप्त गर्न खोज्दा ७ वर्ष सम्म ऐन बन्न नसकेको बताए । संघीय निजामती सेवा ऐन बनाउन सके संघीयता कार्यान्वयनसँग जोडिएका र देखिएका आधा समस्या समाधान हुने मन्त्री मोदीले विश्वास व्यक्त गरे ।

‘निजामति सेवा ऐन पेचिलो बनेको छ । तर, संघीयतासँग जोडिएका कतिपय विषय र समयाहरु ऐन आयो भने आधा समस्या समाधान हुन्छ’ उनी भन्छन्, ‘अहिले विन/विनमा पास गरौं । जति खेर पनि संशोधन गर्न सकिन्छ । अहिले नै सबै कुरा प्राप्त गर्न खोज्यौं भने ७ वर्षदेखि बन्न नसकेको ऐन फेरि पनि नबन्न सक्छ ।’

विभिन्न टिकाटिप्पणी गर्नु भन्दा सबै पक्षले आफूले भने अनुसार नै हुनुपर्ने अडान राख्नु भन्दा मिल्न सक्ने हदसम्म विन विनमा पास गर्ने प्रक्रियामा जाने उनको प्रस्ताव छ ।

संघीय निजामती विधेयक संघीय मामिला मन्त्रालयले तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको उनले जानकारी दिए ।

‘कानुन र अर्थ मन्त्रालयको राय आउनै बाँकी छ’ उनले भने । आफू संघीय संसदको चालू अधिवेशनमै दर्ता गर्ने प्रयासमा रहेको पनि संघीय मामिला मन्त्री मोदीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?