
२९ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सगरमाथा हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १ करोड, १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई जारी गरेको ११ लाख २० कित्ता र सर्वसाधारणलाई जारी गरेको ४३ लाख ६८ हजार कित्ता तथा संस्थापक सेयरधनीको ५७ लाख १२ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार २८ चैतमा कम्पनीको सेयर सूचीकृत गर्ने निर्णय भएको नेप्सेल जनाएको छ । सोही अनुसार २९ चैत बुधबार कम्पनी र नेप्सेबीच सूचीकरण सम्झौता भएको हो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै ३० चैत बिहीबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । नेप्सेल कम्पनीको सेयर कारोबारको लागि १११ रुपैयाँ ४१ पैसादेखि ३३४.२३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्छ ।
बिहीबार नेप्सेको ‘स्पेसल प्रि ओपन सेसन’ मा कम्पनीको सेयर कारोबार भएमा दोस्रो बजारमा किनेबेच हुनेछ ।
प्रतिक्रिया 4