+
+

मन्त्री मोदीलाई सांसदको प्रश्‍न : नायब सुब्बा किन आन्दोलनमा छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १५:०९

 २९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद  रामहरि खतिवडाले संसदमा निजामती ऐन नआउँदै नायब सुब्बाहरु  किन आन्दोलनमा उत्रिएका भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई प्रश्‍न सोधेका छन् ।

बुधबार प्रतिनिधिसभामा मन्त्रीलाई प्रश्न गर्दै खतिवडाले वृत्ति विकासको लागि नायव सुब्बाहरु मन्त्रीको वरिपरि घुमेर अनसन बस्ने अवस्था किन सिर्जना भएको भनी प्रश्न गरेका हुन्  ।

 उनले भने, ‘बाहिर चर्चा चलेको छ संघबाट सबै कार्यकारी हस्तक्षेप गर्छन् । मन्त्रीले पार्टी र जातिको आधारमा  क्षमता र दक्षताको नभएकाहरुलाई पठाउने गरिन्छ, यसको अन्त्य कहिले हुन्छ ?’

सांसद राजेन्द्र पाण्डेले प्रदेशलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको अधिकार दिए समस्या नहुने बताए । सांसद मनिष झाले कर्मचारीतन्त्रमा संघीयता अझै नआएको बताए ।

एमालेका महेश बर्तौलाले नायब सुब्बाको आन्दोलन के हो भन्दै संसदलाई जानकारी गराउन माग गरे ।

कांग्रेस सांसद बद्री पाण्डेले संघीय निजामती ऐन किन ढिला भइरहेको भन्दै प्रश्न गरे ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्मचारीहरु पार्टी को की जनताको भन्दै प्रश्न गरेका थिए । उनले कर्मचारी युनियन खारेजीको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?