२९ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार भएको अन्तिम खेलमा सातदोबाटो युथ क्लबले शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ ।
दिपक सिंह ठकुरीको एक मात्र गोलमा मनाङलाई पराजित गरेपछि सातदोबाटो अंकतालिकामा मनाङलाई नै पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
जारी लिगमा मनाङको अपराजित यात्रा समेत टुङ्गेको छ । मनाङ हारेपछि अब लिगमा चर्च ब्वाइज युनाइटेड मात्र अपराजित छ ।
दशरथ रंगशालमा भएको प्रतिस्पर्धात्मक खेलमा दिपकले ४०औं मिनेटमा गोल गरे ।
लिगमा ५ खेल जितेको सातदोबाटोले ८ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । ८ खेलबाट १५ अंक रहेको मनाङ दोस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया 4