+
+

मिटरब्याज पीडित भन्छन् : सरकारले हाम्रो माग सुनेन, वार्ता भंग भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १८:१३

३० चैत, काठमाडौं । २० चैतदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए ।

‘मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौँ । उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनुभएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौं’ उनले भने ।

प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले वास्ता नगरेको आरोप लगाए ।

यसअघि बिहीबार संघर्ष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग वार्ता गरेका थिए । त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलन स्थगित गर्न आग्रह गरेको र आफूहरुले नमानेको बताए ।

‘गृहमन्त्रीले आन्दोलन स्थगित गर्ने विषयमा सम्झौता गरौं भन्नुभयो, हामीले भनेको मिटरब्याजका लिखत बदर गर्ने कुरा मन्त्रिपरिषदबाट निर्णय गराउन सक्दिन भन्नुभयो, अदालतको विषय त झन् केही गर्न सक्दिन भन्नुभयो’ प्रवक्ता निर्ग नविनले भने ।

मिटरब्याज पीडितको सबै समस्या सरकारले गठन गरेको आयोगबाटै समाधान हुने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले गाउँ जान आग्रह गरेका उनले बताए । ‘गृह मन्त्रालय हाम्रो मागमा सकारात्मक देखिएन । गृहमन्त्री नै हाम्रो मागमा सकारात्मक नभएपछि हामी थप आन्दोलन चर्काउछौं’ प्रवक्ता नविनले भने ।

भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?