+
+

जुगल हिमालमा आरोहण खुला गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १६:२७

३० चैत, काठमाडौ । सरकारले जुगल सिन्धुपाल्चोकको जुगल हिमश्रृङ्खला अन्तरगतमा हिमालहरुमा पर्वतारोहण खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ‘भर्जिन’ हिमालको उपमा पाएको जुगल हिमालका हिमचुलीहरूमा पर्वातारोहण खोल्ने निर्णय गरेको हो ।

जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमाल रेन्ज भित्रको दोर्जे लाक्पा, फुर्बा घिप्चे लगायतका हिमचुचुराहरु छन् । यो हिमश्रृंखलामा दुई दर्जनभन्दा बढी चुचुरा अध्ययनले देखाएको छ ।

जुगल हिमालको बेस क्याम्प बुम्बासेर्पुङयांखर्क हो । जुगल हिमाल आरोहण खुला भएपछि सिन्धुपाल्चोकमा नयाँ पर्यटकीय रुट खुल्ने पर्यटन व्यवसायीहरुको अपेक्षा छ ।

जुगल हिमालसहित यस क्षेत्रमा पर्ने ने–पेमासाल चौर पर्यटकहरुको लागि नयाँ गन्तव्य हो । वरिपरी हिमालले ढाकेको सुन्दर ठूलो चौर ने–पेमासाल हो । यो चौरमा बौद्ध गुरुहरु आएर ध्यान बसेको किम्बदन्ती छ । ने–पेमासालबाट जुगल हिमालको बेस क्याम्पसम्म पुग्न एक दिन लाग्छ ।

आरोही माया गुरुङसहित शर्मिला थापा, मिलन तामाङले २०७५ सालमा पहिलोपटक जुगल हिमाल आरोहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?