+
+

सुख्खा पहिरोमा पुरिएर १ मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १७:३४

३० चैत, काभ्रेपलाञ्चोक । सुख्खा पहिरोमा पुरिएर पाँचखाल८ चिसापानीमा १ जना मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोलुखुम्बु नेचासल्यान २ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षका कुशल नेपाली रहेका जिल्ला प्रहरी कार्यालय  काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

पाँचखाल नगरपालिका वडा नं. ८ चिसापानीस्थित बाटोमा जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो खसेको थियो ।

पहिरोले ३ जना कामदार पुरेकोमा उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल लगेकोमा नेपालको मृत्यु भएको हो । अरु २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?