+
+

मदन भण्डारी राजमार्गका ९ वटा पुल सडक भन्दा अग्ला !

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १८:५९

३० चैत, काठमाडौं । मदन भण्डारी राजमार्गका ९ वटा पुल सडक भन्दा अग्लो बनाइएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरका खोलामा निर्माण गरिएका पुलहरु सडक भन्दा अग्लो बनाइएको पाइएको छ । यसले पुल र सडक निर्माण दुवैको लागत बढेको छ ।

महालेखाको प्रतिवेदन अनुसार उदयपुरको मौवासे खोला, सरस्वती खोला, करम्जेखोला, दातु खोला, थापर खोला, थनाई खोला, सुखानी खोला, असारी खोला र रातु खोलाको पुलको ड्रइङ र डिजाइनमा त्रुटी देखिएको छ । जसले गर्दा पुल सडक भन्दा अग्ला बनेका हुन् ।

हुलाकी राजमार्गका विभिन्न सडक खण्डामा समेत यस्तै समस्या देखिएको छ । धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदी पुल, चितवनको ठिमुरा पुल, नुवाकोटको कोल्फु खोला पुल, दुधकोशी नदीमा रानीटार र साउनेमा निर्माणाधिन दुई पुलको ड्रइङ डिजाइनमा समेत त्रुटि देखिएको छ । मदन भण्डारी राजमार्गको बसाहादेखि भिमानसम्मको १३५ किलोमिटर सडक प्राविधिक त्रुटिका कारण सडक असुरक्षित रहेको समेत महालेखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?